गीत ८३

“घरघरमा”

“घरघरमा”

(प्रेषित २०:२०)

  1. १. घरघरमा हामी सुनाउँछौँ

    यहोवाको वचन।

    सहरसहर गाउँगाउँ

    भेडालाई देऊ भोजन।

    राज्यको यो सुसमाचार

    येसुले भनेझैँ

    संसारभरि सुनाउँदै छन्‌

    बालक, वृद्ध सबै।

  2. २. घरघरमा हामी सुनाउँछौँ

    उद्धार दिने सन्देश।

    यहोवाको नाउँ पुकार्ने

    योग्य छन्‌ मुक्‍तिको।

    तर नसुनी कसरी

    पुकार्ने नाउँ उनको।

    सुन्‍नै पर्छ त्यसैले नै

    पवित्र नाउँ उनको।

  3. ३. लिई जाऔँ है घरघरमा

    सन्देश त्यो राज्यको।

    चाहे सुनून्‌ या नसुनून्‌

    रोजाइ हो तिनैको।

    चाहे जेहोस्‌ यहोवा नाउँ

    तिनलाई बताउनेछौँ।

    घरघर जाँदा हामी सबै

    भेडालाई भेट्टाउँछौँ।

(प्रेषि. २:२१; रोमी १०:१४ पनि हेर्नुहोस्‌)