गीत ८५

एकअर्कालाई स्वीकार गर

एकअर्कालाई स्वीकार गर

(रोमी १५:७)

  1. १. स्वागत छ यहाँ भेला हुनेलाई;

    आयौ याहको वचन सुन्‍नलाई।

    निम्तो दिए सबैलाई याहले;

    जीवनको त्यो निम्तो स्विकाऱ्‍यौँ हामीले।

  2. २. धन्य छौ याह दियौ भाइबैनी;

    गर्दछन्‌ सत्कार, दिन्छन्‌ खुसी।

    रहन सकौँ भाइबैनीकै माझ;

    गर्दछौँ सधैँ स्वागत भेला हुनेलाई।

  3. ३. निम्तो याहको पुग्दछ सबलाई;

    नम्र, सोझा कोही नछुटाई।

    खिचे याहले पुत्रलाई चलाई;

    गरौँ त्यसैले स्वागत खुलेर सबलाई।

(युह. ६:४४; फिलि. २:२९; प्रका. २२:१७ पनि हेर्नुहोस्‌)