गीत ८६

यहोवाबाट सिकाइएको जन बनौँ!

यहोवाबाट सिकाइएको जन बनौँ!

(यसैया ५०:४; ५४:१३)

  1. १. रमाउँदै आऊ अनि याहबारे सिक।

    लेऊ सित्तैँमा जीवन दिने पानी।

    असल निर्देशन, दिन्छन्‌ याहले।

    तृप्त पार्छन्‌ सत्यका भोकालाई।

  2. २. एकै ठाउँमा भेला हुन नछोडौँ है;

    सिक्नु छ हामीले सत्य कुरा।

    पवित्र शक्‍ति, न्यानो भाइचारा,

    ज्योतिमा हिँड्‌ने बल पाउँछौँ त्यहाँ।

  3. ३. प्रशंसा गाउने ओठ प्रोत्साहनको स्रोत हो।

    याहबाट सिक्ने जन बोल्छन्‌ मीठो!

    सधैँ भेला होऔँ याहका जनमाझ!

    नछोडौँ है साथ कहिल्यै तिनको!

(हिब्रू १०:२४, २५; प्रका. २२:१७ पनि हेर्नुहोस्‌)