गीत ८७

आऊ, स्फूर्ति पाऔँ!

आऊ, स्फूर्ति पाऔँ!

(हिब्रू १०:२४, २५)

  1. १. बिरानो छ संसार यहोवादेखि

    हिँड्‌दैन उनको बाटोमा।

    चाहिन्छ निर्देशन जोगाउन पाइला,

    सक्दैनौँ चाल्न आफैले।

    जोस र जाँगर दिन्छ हरेक सभाले,

    बनाउँछ विश्‍वास बलियो।

    दिन्छ प्रोत्साहन असल काम गर्नलाई,

    दिन्छ बल अघि बढ्‌नलाई।

    बिर्सँदैनौँ कैल्यै याहका आज्ञा,

    चाहन्छौँ ती पालन गर्न।

    सिकाउँदछ सभाले सही बाटो,

    ताजा हुन्छ माया हाम्रो।

  2. २. याहलाई था’छ हाम्रो सबै कुरा,

    सुनौँ सधैँ उनको अर्ती।

    एक ठाउँमा भेला हुन समय दिँदा

    देखिन्छ हाम्रो भरोसा।

    याहलाई प्रेम गर्नेले दिन्छन्‌ अर्ती;

    सिकाउँछन्‌ विश्‍वास देखाउन।

    सधैँ नै साथ दिने यस्तो परिवार

    अरू कहाँ पाइन्छ र?

    रमाउँदै नयाँ संसारको आशामा,

    हुन्छौँ हामी एकसाथ भेला।

    ईश्‍वरीय बुद्धिमा चल्ने बाटो

    सिक्दछौँ हामी सभामा।

(भज. ३७:१८; १४०:१; हितो. १८:१; एफि. ५:१६; याकु. ३:१७ पनि हेर्नुहोस्‌)