गीत ८८

मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

(भजन २५:४)

  1. १. भयौँ भेला तिमीसामु यहोवा

    निम्तो स्विकारी मनैदेखि।

    बत्तीझैँ तिम्रो वचनले डोऱ्‍याउँछ,

    दिन्छ है ईश्‍वरीय ज्योति।

    (कोरस)

    हिँड्‌न सकूँ मार्गमा म तिम्रो।

    सुन्‍ने मन देऊ, उत्तम आज्ञा तिम्रो।

    सत्य, सोझो जीवन जिउन सकूँ।

    तिम्रो हर आज्ञालाई अनमोल ठानूँ।

  2. २. अपार छ हे याह बुद्धि त्यो तिम्रो;

    न्याय तिम्रो कति भरपर्दो!

    वचन छ तिम्रो साह्रै आश्‍चर्यको;

    अटल छ सधैँ सत्य तिम्रो।

    (कोरस)

    हिँड्‌न सकूँ मार्गमा म तिम्रो।

    सुन्‍ने मन देऊ, उत्तम आज्ञा तिम्रो।

    सत्य, सोझो जीवन जिउन सकूँ।

    तिम्रो हर आज्ञालाई अनमोल ठानूँ।

(प्रस्थ. ३३:१३; भज. १:२; ११९:२७, ३५, ७३, १०५ पनि हेर्नुहोस्‌)