गीत ९५

ज्योति झनै चहकिलो भयो

ज्योति झनै चहकिलो भयो

(हितोपदेश ४:१८)

  1. १. भविष्यवक्‍ता सबै इच्छुक थिए

    उद्धार दिने ख्रिष्टबारे जान्‍न।

    पवित्र शक्‍तिले दियो है मदत

    मसीह आउने कुरा बुझ्न।

    राजा भै शासन गर्छन्‌ येसु आज;

    प्रमाण जताततै यसको।

    धन्य छौँ हामी सिक्यौँ यस्तो कुरा;

    दूतहरू बुझ्न चाहन्छन्‌ जो।

    (कोरस)

    चम्किलो भयो बाटो हाम्रो;

    मध्य दिनको ज्योतिसरि।

    अनमोल ज्ञान प्रकट गर्छन्‌ याह;

    डोऱ्‍याउँछन्‌ है बाटोभरि।

  2. २. छानेका छन्‌ याहले दास विश्‍वासी,

    दिनलाई भोजन ठीक बेलामा।

    सत्यको ज्योति चम्किलो भयो झन्‌,

    बस्यो सत्य मन मस्तिष्कमा।

    उज्यालो भयो बाटो झनै हाम्रो,

    हिँड्‌छौँ दिनको उज्यालोमा।

    धन्यवाद छ सत्यका मूल याहलाई,

    हिँड्‌छौँ खुसीले त्यो बाटोमा।

    (कोरस)

    चम्किलो भयो बाटो हाम्रो;

    मध्य दिनको ज्योतिसरि।

    अनमोल ज्ञान प्रकट गर्छन्‌ याह;

    डोऱ्‍याउँछन्‌ है बाटोभरि।

(रोमी ८:२२; १ कोरि. २:१०; १ पत्रु. १:१२ पनि हेर्नुहोस्‌)