गीत ९७

यहोवाको वचन—हाम्रो जीवन

यहोवाको वचन—हाम्रो जीवन

(मत्ति ४:४)

  1. १. यहोवाको हरेक वचन

    हो यो हाम्रो जीवन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

    पाउँछौँ आनन्द र शान्ति

    जिउँछौँ सधैँभरि।

    (कोरस)

    यहोवाको हर वचनले

    सँभाल्छ हरेक दिन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

  2. २. विश्‍वासी जनका काहानी

    पाउँछौँ बाइबलमा ती।

    थिए वफादार, साहसी,

    याहका प्रिय पनि।

    पाउँछौँ बल अनि प्रोत्साहन

    पढ्‌दा ती उदा’रण।

    (कोरस)

    यहोवाको हर वचनले

    सँभाल्छ हरेक दिन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

  3. ३. पाउनेछौँ आशा, सान्त्वना

    याहको वचन पढ्‌दा।

    परीक्षाहरू सहन

    पाउँछौँ बुद्धि, समझ।

    जे पढ्यौँ, सुन्यौँ पहिले

    मनमा राख्छौँ सधैँ।

    (कोरस)

    यहोवाको हर वचनले

    सँभाल्छ हरेक दिन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

(यहो. १:८; रोमी १५:४ पनि हेर्नुहोस्‌)