परमेश्‍वरको इच्छा के हो?

परमेश्‍वरको इच्छा के हो?

पृथ्वीमा स्थापित प्रमोदवनमा हामी सधैंभरि सुखी र आनन्दित भई जीवन बिताएको परमेश्‍वर चाहनुहुन्छ!

तपाईं भन्‍नुहोला, ‘यस्तो पनि सम्भव छ र?’ परमेश्‍वरको राज्यले यो सम्भव बनाउनेछ भनेर बाइबलमा बताइएको छ। साथै मानिसहरूले त्यस राज्य र हाम्रो लागि उहाँले राख्नुभएको उद्देश्‍यबारे सिकेको परमेश्‍वर चाहनुहुन्छ।—भजन ३७:११, २९; यशैया ९:७.

परमेश्‍वर हाम्रो हित चाहनुहुन्छ।

मायालु बुबाले आफ्ना छोराछोरीको हित चाहेझैं स्वर्गमा बस्नुहुने हाम्रो बुबा पनि हामी सधैंभरि खुसी भएको चाहनुहुन्छ। (यशैया ४८:१७, १८) उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७.

परमेश्‍वरले देखाएको बाटोमा हामी हिंडेको उहाँ चाहनुहुन्छ।

हामी सृष्टिकर्ताको ‘बाटोमा हिंडेको’ उहाँ चाहनुहुन्छ। त्यसकारण उहाँ हामीलाई ‘आफ्नो मार्ग देखाउनुहुन्छ’ भनी बाइबल बताउँछ। (यशैया २:२, ३) सबै मानिसलाई आफ्नो इच्छाबारे थाह दिन परमेश्‍वरले “आफ्नो नामको लागि मानिसहरू” जम्मा गर्नुभएको छ।—प्रेषित १५:१४.

परमेश्‍वर हामी एकतामा बाँधिएर उहाँको उपासना गरेको चाहनुहुन्छ।

यहोवाको शुद्ध उपासनाले मानिसहरूमाझ विभाजन ल्याउँदैन बरु तिनीहरूलाई साँचो प्रेममा बाँध्छ। (यूहन्‍ना १३:३५) जुनसुकै ठाउँका पुरुष हुन्‌ या स्त्री, तिनीहरूलाई एकतामा बाँधिएर परमेश्‍वरको सेवा गर्न आज कसले सिकाइरहेको छ? आउनुहोस्‌, यो पुस्तिका पढेर यस प्रश्‍नको जवाफ थाह पाउनुहोस्‌।