पाठ १२

हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?

हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?

स्पेन

बेलारूस

हङकङ

पेरू

आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले यसो भन्‍नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) तर पृथ्वीभरि प्रचार गर्न कसरी सम्भव हुनेथियो? पृथ्वीमा छँदा येशूले बसाल्नुभएको नमुनालाई पछ्याएर।—लूका ८:१.

हामी मानिसहरूलाई घरैमा भेट्‌ने प्रयास गर्छौं। येशूले आफ्ना चेलाहरूलाई घर-घरमा गएर सुसमाचार प्रचार गर्न सिकाउनुभयो। (मत्ती १०:११-१३; प्रेषित ५:४२; २०:२०) प्रथम शताब्दीका ती प्रचारकहरूलाई निश्‍चित इलाकामा प्रचार गर्न खटाइएको थियो। (मत्ती १०:५, ६; २ कोरिन्थी १०:१३) आज पनि हाम्रो प्रचारकार्य सुव्यवस्थित छ। हरेक मण्डलीलाई आ-आफ्नै इलाका दिइएको छ। यस्तो प्रबन्धले गर्दा ‘मानिसहरूलाई प्रचार गर्नू र राम्ररी बुझाउनू’ भन्‍ने येशूको आज्ञा पालन गर्न सम्भव भएको छ।—प्रेषित १०:४२.

मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, त्यहाँ-त्यहाँ प्रचार गर्ने प्रयास गर्छौं। येशूले इनारनजिकै र समुद्रको छेउजस्ता सार्वजनिक ठाउँमा प्रचार गरेर पनि हाम्रो लागि उदाहरण बसाल्नुभयो। (मर्कूस ४:१; यूहन्‍ना ४:५-१५) हामी पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, त्यहाँ-त्यहाँ तिनीहरूलाई बाइबलबारे बताउँछौं। जस्तै: सडकमा, व्यापारिक इलाकामा, बस-स्टपमा अथवा टेलिफोनमा। हामी आफ्ना छिमेकी, सहकर्मी, सहपाठी र आफन्तलाई मौका मिल्नेबित्तिकै बाइबलबारे बताउँछौं। यसरी विभिन्‍न मौकाको सदुपयोग गर्दै प्रचार गरेकोले लाखौं मानिसले परमेश्‍वरले दिनुहुने “उद्धार”-को सुसमाचार सुन्‍न पाएका छन्‌।—भजन ९६:२.

परमेश्‍वरको राज्यको सुसमाचार र यसले दिने भविष्यको आशाबारे तपाईं कसलाई बताउन चाहनुहुन्छ? यो सुसमाचार सबैका लागि हो, त्यसैले जतिसक्दो छिटो अरूलाई पनि सुनाउनुहोस्‌।

  • हामीले केको “सुसमाचार” प्रचार गर्नुपर्छ?

  • येशूले प्रचार गर्नुभएको तरिका यहोवाका साक्षीहरूले कसरी अनुकरण गरिरहेका छन्‌?