पाठ २५

हामी किन राज्यभवन निर्माण गर्छौं? अनि कसरी गर्छौं?

हामी किन राज्यभवन निर्माण गर्छौं? अनि कसरी गर्छौं?

बोलिभिया

नाइजेरिया, पहिले र पछि

ताहिटी

राज्यभवन भन्‍ने नामले नै यसको अर्थ खुलाउँछ किनभने यहाँ छलफल गरिने बाइबलको प्रमुख शिक्षा परमेश्‍वरको राज्यमा केन्द्रित छ। अनि येशूको प्रचारकार्यको मुख्य विषय पनि त्यही राज्य थियो।—लूका ८:१.

राज्यभवन भनेको टोल-छिमेकमा साँचो उपासनाको केन्द्र हो। यहोवाका साक्षीहरूले आ-आफ्नो इलाकामा प्रचार गर्ने प्रबन्ध राज्यभवनबाट मिलाउँछन्‌। (मत्ती २४:१४) राज्यभवनहरू साधारण किसिमका हुन्छन्‌ तर तिनीहरूको साइज र आकार भने फरक-फरक हुन्छ। थुप्रै राज्यभवन एउटाभन्दा धेरै मण्डलीले प्रयोग गर्छन्‌। प्रकाशक र मण्डलीको सङ्‌ख्यामा भएको वृद्धिले गर्दा हालैका वर्षहरूमा हामीले हजारौं नयाँ राज्यभवन (औसतमा एक दिनमा पाँच वटाको दरले) निर्माण गरेका छौं। यति धेरै राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?—मत्ती १९:२६.

एउटा मुख्य कोषमा जम्मा भएको अनुदानबाट राज्यभवन निर्माण गरिन्छ। यसमा जम्मा भएको अनुदान शाखा कार्यालयमा पठाइन्छ। यो रकम नयाँ राज्यभवन निर्माण गर्न वा पुरानो राज्यभवनको डिजाइन हेरफेर गर्न लाग्ने खर्च बेहोर्न मण्डलीहरूलाई सहयोगस्वरूप दिइन्छ।

विभिन्‍न अवस्था र पृष्ठभूमिका स्वयम्‌सेवकहरूले राज्यभवन निर्माण गर्छन्‌। थुप्रै मुलुकमा राज्यभवन निर्माण समूह गठन गरिएका छन्‌। राज्यभवन निर्माण सेवक र राज्यभवन निर्माण स्वयम्‌सेवक मिलेर बनेको टोलीले देशभित्र (दुर्गम ठाउँलगायत) विभिन्‍न ठाउँमा गएर स्थानिय मण्डलीहरूलाई राज्यभवन निर्माण गर्न मदत गर्छ। अरू मुलुकमा भने कुनै निश्‍चित इलाकामा राज्यभवन निर्माण वा मर्मतसम्भार गर्ने कामको सुपरिवेक्षण गर्न निपुण साक्षीहरू नियुक्‍त गरिएका छन्‌। थुप्रै निपुण कालिगडहरूले कुनै शुल्क नलिई आ-आफ्नो सीप प्रयोग गरेर योगदान पुऱ्‍याउँछन्‌। तर हरेक निर्माण थलोमा काम गर्ने स्वयम्‌सेवकहरूमध्ये अधिकांश व्यक्‍तिहरू स्थानीय मण्डलीकै सदस्य हुन्छन्‌। यहोवाको पवित्र शक्‍तिको मदत पाएकोले र उहाँका जनले तनमन लगाएर प्रयास गरेकाले यो सब सम्भव भएको छ।—भजन १२७:१; कलस्सी ३:२३.

  • उपासना गर्नको लागि हामी भेला हुने ठाउँलाई किन राज्यभवन भनिन्छ?

  • संसारभरि विभिन्‍न ठाउँमा राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?