पाठ २७

राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौं?

राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौं?

इजरायल

चेक गणतन्त्र

बेनिन

केमन टापुहरू

के तपाईं बाइबलबारे अझ धेरै ज्ञान हासिल गर्नका लागि थप अनुसन्धान गर्न चाहनुहुन्छ? बाइबलमा भएको कुनै खास शास्त्रपद, ठाउँ, मानिस वा विवरणबारे अझ धेरै जान्‍न चाहनुहुन्छ कि? अथवा आफ्नो कुनै चिन्ताको विषयमा परमेश्‍वरको वचनले मदत गर्न सक्छ कि सक्दैन भनेर पो सोचिरहनुभएको छ कि? त्यसोभए एकचोटि हाम्रो राज्यभवनको पुस्तकालयमा गएर त्यसबारे अनुसन्धान गर्नुभए कसो होला?

त्यहाँ उपयोगी अनुसन्धानसामग्री थुप्रै छन्‌। यहोवाका साक्षीहरूले तपाईंको भाषामा निकालेका सबै बाइबलआधारित प्रकाशन तपाईंसँग छैन होला। तर तपाईंसँग नभएका थुप्रै प्रकाशन राज्यभवनको पुस्तकालयमा छन्‌। त्यहाँ बाइबलका विभिन्‍न अनुवाद, राम्रो शब्दकोश र अन्य उपयोगी सन्दर्भसामग्रीहरू हुन सक्छन्‌। सभाअघि र पछि तपाईं राज्यभवनको पुस्तकालय प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यहाँ कम्प्युटर छ भने त्यसमा यहोवाका साक्षीहरूको पुस्तकालय (अङ्‌ग्रेजी) भनिने कम्प्युटर प्रोगाम पनि राखिएको हुन सक्छ। त्यो प्रयोग गरेर हाम्रा थुप्रै प्रकाशन सजिलैसित खोल्न अनि विभिन्‍न विषय, शब्द वा बाइबलको पदबारे अनुसन्धान गर्न सक्नुहुन्छ।

जीवन र प्रचारकार्य सभामा भाग लिने विद्यार्थीहरूको लागि यो उपयोगी हुन्छ। आफूले प्रस्तुत गर्नुपर्ने भागको तयारी गर्न यो पुस्तकालय निकै उपयोगी हुन सक्छ। पुस्तकालयको रेखदेख गर्ने जिम्मा जीवन र प्रचारकार्य निरीक्षकले लिएका हुन्छन्‌। त्यहाँ हालै प्रकाशित सामग्रीहरू छन्‌ कि छैनन्‌ र ती व्यवस्थित तरिकाले राखिएका छन्‌ कि छैनन्‌ भनेर हेर्ने जिम्मा पनि तिनकै हो। आफूलाई चाहिएको जानकारी कसरी फेला पार्ने भनेर जीवन र प्रचारकार्य निरीक्षक वा तपाईंको बाइबल शिक्षकले सिकाइदिन सक्छन्‌। तर कुनै पनि किताब राज्यभवनबाहिर लैजान पाइँदैन। साथै त्यहाँ भएका किताबहरूको जतन गर्नुपर्छ र त्यसमा कोरकार गर्नु हुँदैन।

“परमेश्‍वरको ज्ञान” पाउन चाहन्छौं भने त्यसलाई “गाडधनझैं” खोज्न हामी इच्छुक हुनुपर्छ भनेर बाइबल बताउँछ। (हितोपदेश २:१-५) त्यस्तो खोज सुरु गर्न राज्यभवनमा भएको पुस्तकालयले तपाईंलाई मदत गर्नेछ।

  • राज्यभवनको पुस्तकालयमा कस्ता अनुसन्धानसामग्री उपलब्ध हुन्छन्‌?

  • पुस्तकालयबाट पूरापूर लाभ उठाउन तपाईंलाई कसले मदत गर्न सक्छ?