पाठ ९

सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?

सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?

कम्बोडिया

युक्रेन

तपाईं यहोवाको साक्षीसँग अध्ययन गर्दै हुनुहुन्छ भने हरेक चोटि अध्ययन गर्नुअघि विषयवस्तुलाई सरसर्ती हेर्नुहुन्छ होला। मण्डलीको सभामा उपस्थित हुनुअघि पनि त्यसै गऱ्‍यौं भने पूरापूर लाभ उठाउन सक्छौं। तयारी गर्ने राम्रो तालिका बनायौं भने अझ धेरै फाइदा हुन्छ।

कहाँ र कुन बेला अध्ययन गर्ने निश्‍चित गर्नुहोस्‌। तपाईं कुन समयमा राम्ररी ध्यान दिन सक्नुहुन्छ? दिनचर्या सुरु गर्नुभन्दा अगाडि बिहान सबेरै कि राती बच्चाहरू सुतिसकेपछि? अध्ययन गर्न लामो समय निकाल्न सक्नुहुन्‍न भने पनि कति समय निकाल्न सक्नुहुन्छ, पक्का गर्नुहोस्‌। त्यो समयमा कुनै पनि कुराले बाधा पुऱ्‍याउन नदिनुहोस्‌। शान्त ठाउँ खोज्नुहोस्‌। ध्यान भङ्‌ग गर्न सक्ने कुराहरू, जस्तै: रेडियो, टिभी र मोबाइल बन्द गर्नुहोस्‌। अध्ययन गर्नुअघि प्रार्थना गर्नुभयो भने त्यस दिनको चिन्ता-फिक्रीमा नडुबेर परमेश्‍वरको वचनमा ध्यान दिन सक्नुहुनेछ।—फिलिप्पी ४:६, ७.

चिन्ह लगाउनुहोस्‌ अनि भाग लिन तयारी गर्नुहोस्‌। सबैभन्दा पहिले विषयवस्तुलाई सरसर्ती हेर्नुहोस्‌। उक्‍त लेख वा अध्यायको शीर्षकलाई ध्यान दिनुहोस्‌, त्यहाँ भएका उपशीर्षकहरू मूल विषयसित कसरी सम्बन्धित छन्‌ विचार गर्नुहोस्‌। लेखमा भएका चित्रहरू अनि पुनरावृत्ति गर्नका लागि दिइएका प्रश्‍नहरूले मुख्य बुँदाहरूलाई जोड दिने हुँदा त्यसमा पनि ध्यान दिनुहोस्‌। त्यसपछि अनुच्छेद पढ्‌नुहोस्‌। अनि त्यस अनुच्छेदको लागि सोधिएको प्रश्‍नको जवाफ खोज्नुहोस्‌। त्यहाँ उल्लेख गरिएका पदहरू बाइबलबाट पल्टाउनुहोस्‌ र पढ्‌नुहोस्‌। अनि ती पदहरू विषयवस्तुसँग कसरी मेल खान्छन्‌, सोच्नुहोस्‌। (प्रेषित १७:११) प्रश्‍नको जवाफ भेट्टाएपछि अनुच्छेदका केही मुख्य शब्द वा पदावलीमा धर्सो तान्‍नुहोस्‌ अथवा बेग्लै रङ्‌गले चिन्ह लगाउनुहोस्‌। यसरी चिन्ह लगाउनु भयो भने सभाको बेला जवाफ भेट्टाउन सजिलो हुनेछ। त्यसपछि सभामा हात उठाएर आफ्नै शब्दमा छोटो टिप्पणी दिनुभए कसो होला?

हरेक हप्ता सभामा प्रस्तुत गरिने विभिन्‍न विषयलाई विचार गर्दा तपाईंले बाइबलबारे आफ्नो ज्ञानको “भण्डार”-मा नयाँ कुरा थप्दै जान सक्नुहुनेछ।—मत्ती १३:५१, ५२.

  • सभाहरूको लागि तयारी गर्न तपाईं कस्तो तालिका बनाउन सक्नुहुन्छ?

  • सभामा टिप्पणी दिन तपाईं कसरी तयारी गर्न सक्नुहुन्छ?