पाठ २८

हाम्रो वेबसाइटमा कस्ता-कस्ता जानकारी उपलब्ध छन्‌?

हाम्रो वेबसाइटमा कस्ता-कस्ता जानकारी उपलब्ध छन्‌?

फ्रान्स

पोल्याण्ड

रूस

येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।” (मत्ती ५:१६) मानिसहरूसामु आफ्नो ज्योति चम्काउने उद्देश्‍यले इन्टरनेटजस्तो आधुनिक प्रविधि पनि हामी प्रयोग गर्दै छौं। हाम्रो सङ्‌गठनको आधिकारिक वेबसाइट www.pr418.com हो। यसमा यहोवाका साक्षीहरू के-के विश्‍वास गर्छन्‌ र तिनीहरू के-के गर्छन्‌ भनेर अनलाइन पढ्‌न सक्नुहुन्छ। यस वेबसाइटमा अरू कस्ता-कस्ता कुराहरू पाउन सक्नुहुन्छ?

मानिसहरूले साधारणतया सोध्ने प्रश्‍नको बाइबलआधारित जवाफ। मानिसहरूले अहिलेसम्म सोधेका केही महत्त्वपूर्ण प्रश्‍नका जवाफ हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। उदाहरणका लागि, कहिल्यै दुःखकष्टको अन्त होला? के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? जस्ता पर्चाहरू इन्टरनेटमा ६०० भन्दा धेरै भाषामा उपलब्ध छन्‌। यस वेबसाइटमा १३० भन्दा धेरै भाषामा बाइबलको नयाँ संसार अनुवाद अनि बाइबल अध्ययन गर्न मदत गर्ने पुस्तकहरू उपलब्ध छन्‌, जस्तै: बाइबलले वास्तवमा के सिकाउँछ? साथै प्रहरीधरहरा ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) का हालैका अङ्‌कहरू पनि उपलब्ध छन्‌। यहाँ उल्लेख गरिएका सामग्रीमध्ये थुप्रै अनलाइन पढ्‌न वा सुन्‍न सक्नुहुन्छ। साथै विभिन्‍न फर्म्याटमा * डाउनलोड पनि गर्न सक्नुहुन्छ। बाइबलको कुरामा चासो देखाउने व्यक्‍तिलाई तिनकै भाषामा केही पाना छापेर दिन पनि सक्नुहुन्छ। दर्जनौं साङ्‌केतिक भाषाका भिडियो पनि उपलब्ध छन्‌। बाइबलआधारित श्रव्य नाटक (नाटकीय ढङ्‌गमा पढिएका बाइबलका भागहरू), बाइबल नाटक र फुर्सदको समयमा सुन्‍नको लागि सुमधुर धुन पनि डाउनलोड गर्न सक्नुहुन्छ।

यहोवाका साक्षीहरूसित सम्बन्धित सही जानकारी। यहोवाका साक्षीहरूसित सम्बन्धित घटना, हाम्रो विश्‍वव्यापी कार्य र मानवअधिकारको रक्षा गर्न हामीले लडेका मुद्दाहरूबारे ताजा जानकारी र भिडियोहरू हाम्रो वेबसाइटमा पाउन सकिन्छ। आउँदा अधिवेशनहरूबारे जानकारीका साथै हाम्रा शाखा कार्यालयहरूको ठेगाना पनि पाउन सकिन्छ।

यस्ता माध्यमहरू प्रयोग गरेर हामीले पृथ्वीको कुना-कुनासम्म सत्यको ज्योति चम्काइरहेका छौं। सबै महादेशका मानिसहरूले यस्तो प्रबन्धबाट लाभ उठाइरहेका छन्‌। यस सुविधाबाट अन्टार्कटिका महादेशका मानिसहरूसमेत वञ्चित छैनन्‌। पृथ्वीभरि “यहोवाको वचन द्रुत गतिमा फैलिंदै जाओस्‌” र यसले उहाँको महिमा गरोस्‌ भनेर हामी प्रार्थना गर्छौं।—२ थिस्सलोनिकी ३:१.

  • हाम्रो वेबसाइटले कसरी अझ धेरै मानिसलाई बाइबलको सत्य सिक्न मदत गरिरहेको छ?

  • हाम्रो वेबसाइटमा तपाईं के हेर्न चाहनुहुन्छ?

^ अनु. 4 mp3, PDF, EPUB format.