सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने


तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?

तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?

एक जना यहोवाको साक्षीसित अध्ययन गर्नुहोस्‌: बाइबल अध्ययन गर्नको लागि यो पुस्तिका दिने व्यक्‍तिलाई आग्रह गर्नुहोस्‌ वा jw.org/ne मा भएको फाराम भर्नुहोस्‌।

सुरुको भाग

प्रत्येक अनुच्छेद, गाढा अक्षरमा भएका प्रश्‍नहरू (क) र मुख्य बुँदालाई जोड दिने बाइबल पदहरू (ख) पढ्‌नुहोस्‌। याद गर्नुहोस्‌, कुनै-कुनै बाइबल पदलाई “पढ्‌नुहोस्‌” भनेर उल्लेख गरिएको छ।

बीचको भाग

अझ खोतल्नुहोस्‌-को सुरुमा बताइएका कुराहरूले (ग) त्यसअन्तर्गत छलफल गरिने विषयवस्तुको परिचय दिन्छ। यसमा छलफल गरिने मुख्य बुँदाहरूबारे उपशीर्षकहरूमा (घ) बताइएको छ। बाइबल पदहरू पढ्‌नुहोस्‌, प्रश्‍नहरूको जवाफ दिनुहोस्‌ र भिडियोहरू (ङ) हेर्नुहोस्‌।

चित्र तथा तस्बिरहरू र तीबारे गरिएको व्याख्यालाई (च) राम्ररी हेर्नुहोस्‌। कोही-कोही भन्छन्‌-मा (छ) मानिसहरूको विचार उल्लेख गरिएको छ। त्यसको जवाफ कसरी दिन सकिन्छ, सोच्नुहोस्‌।

अन्तिम भाग

पाठको अन्तमा सारांशतपाईँले के सिक्नुभयो? (ज) छन्‌। पूरै पाठ छलफल गरिसकेपछि पाठ सिद्धिएको मिति लेख्नुहोस्‌। तपाईँले गर्न चाहेको कुरा लक्ष्य-मा (झ) लेख्न सक्नुहुन्छ। थप जानकारीको लागि अझ धेरै जान्‍नुहोस्‌-मा (ञ) भएका लेखहरू पढ्‌न वा भिडियोहरू हेर्न सक्नुहुन्छ।

बाइबल पदहरू कसरी भेट्टाउन सकिन्छ?

बाइबल पद उल्लेख गरिँदा सुरुमा किताबको नाम (क), त्यसपछि अध्यायको सङ्‌ख्या (ख) अनि पदको सङ्‌ख्या (ग) दिइएको हुन्छ। उदाहरणको लागि, युहन्‍ना १७:३। यसले युहन्‍नाको किताबको १७ अध्यायको ३ पदलाई बुझाउँछ।