भाग ३

अदनको बगैँचामा जीवन कस्तो थियो?

अदनको बगैँचामा जीवन कस्तो थियो?

यहोवा परमेश्‍वरले आदम र हव्वालाई थुप्रै असल कुरा दिनुभयो। उत्पत्ति १:२८

यहोवा परमेश्‍वरले पहिलो स्त्री हव्वा बनाउनुभयो र आदमलाई पत्नीको रूपमा हव्वा दिनुभयो।​—⁠उत्पत्ति २:⁠२१, २२.

यहोवा परमेश्‍वरले उनीहरूलाई बनाउनुहुँदा त्रुटिरहित मन र शरीर दिनुभएको थियो।

अदनको बगैँचा उनीहरूको घर थियो। यो बगैँचा नदीहरू, फलफूलका रूखहरू र पशुपक्षीले गर्दा निकै सुन्दर थियो।

यहोवा परमेश्‍वर उनीहरूसित कुरा गर्नुहुन्थ्यो र उनीहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको कुरा सुनेका भए उनीहरू पृथ्वीमा भएको प्रमोदवनमा (सुन्दर बगैँचा) सधैँभरि बाँच्न सक्थे।

परमेश्‍वरले एउटा रूखको फल नखानू भन्‍नुभयो। उत्पत्ति २:१६, १७

यहोवा परमेश्‍वरले आदम र हव्वालाई बगैँचामा भएको फलफूलको एउटा रूख देखाउनुभयो। त्यसको फल खाएमा उनीहरू मर्नेछन्‌ भनेर उहाँले बताउनुभयो।

एउटा स्वर्गदूतले परमेश्‍वरको विरोध गऱ्‍यो। त्यो दुष्ट स्वर्गदूत सैतान हो।

आदम र हव्वाले यहोवा परमेश्‍वरको कुरा सुनेको सैतान चाहँदैन थियो। त्यसैकारण सैतानले सर्पलाई चलाएर परमेश्‍वरले नखानू भनेको फल खायो भने मरिँदैन बरु परमेश्‍वरजस्तै होइन्छ भनेर हव्वालाई भन्यो। तर त्यसले झूट बोलिरहेको थियो।⁠​—⁠उत्पत्ति ३:​१-५.