भाग १४

यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌

यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌

परमेश्‍वरको पक्ष लिनुहोस्‌। १ पत्रुस ५:६-९

बाइबलसित मेल नखाने रीतिथितिमा भाग नलिनुहोस्‌। यसो गर्न साहसी हुनुपर्छ।

राजनीतिमा नमुछिनुहोस्‌। राजनीतिले यहोवा परमेश्‍वर र उहाँको राज्यलाई समर्थन गर्दैन।

सही छनौट गर्नुहोस्‌—परमेश्‍वरको कुरा सुन्‍नुहोस्‌। मत्ति ७:२४, २५

यहोवाका साक्षीहरूसित सङ्‌गत गर्नुहोस्‌; तिनीहरू तपाईँलाई परमेश्‍वरसित घनिष्ठ हुन मदत गर्छन्‌।

परमेश्‍वरबारे सिक्न नछोड्‌नुहोस्‌ र उहाँको आज्ञा पालन गर्ने प्रयास गर्नुहोस्‌।

तपाईँको विश्‍वास बलियो भएपछि तपाईँले यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ र बप्तिस्मा गर्नुपर्छ।​—⁠मत्ति २८:⁠१९.

परमेश्‍वरको कुरा सुन्‍नुहोस्‌। बाइबल पढ्‌नुहोस्‌ र बाइबलको कुरा बुझ्न यहोवाका साक्षीहरूसित मदत माग्नुहोस्‌। अनि सिकेअनुसार जीवन बिताउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ सधैँभरि बाँच्न सक्नुहुन्छ।​—⁠भजन ३७:⁠२९.