भाग १३

परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?

परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?

खराब कामबाट टाढै बस्नुहोस्‌। १ कोरिन्थी ६:९, १०

यहोवा परमेश्‍वरलाई माया गर्छौँ भने हामी उहाँले घृणा गर्ने काम गर्दैनौँ।

हामीले चोरेको, मात्तिने गरी पिएको र लागूपदार्थ सेवन गरेको यहोवा परमेश्‍वर चाहनुहुन्‍न।

हत्या, गर्भपतन अनि समलिङ्‌गी सम्बन्धलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। हामी लोभी भएको र झगडा गरेको उहाँलाई मन पर्दैन।

हामीले मूर्तिपूजा गर्नु हुँदैन र प्रेतविद्यामा भाग लिनु हुँदैन।

भविष्यमा पृथ्वी प्रमोदवन भएपछि खराब काम गर्ने मानिसहरू हुनेछैनन्‌।

असल काम गर्नुहोस्‌। मत्ति ७:१२

परमेश्‍वरलाई खुसी पार्न हामीले उहाँजस्तै हुने प्रयास गर्नुपर्छ।

दयालु र उदार भएर अरूलाई माया गरेको देखाउनुहोस्‌।

इमानदार हुनुहोस्‌।

दयालु हुनुहोस्‌; माफी दिनुहोस्‌।

यहोवा परमेश्‍वर र उहाँका तौरतरिकाबारे अरूलाई बताउनुहोस्‌।​—⁠यसैया ४३:⁠१०.