भाग १२

पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?

पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?

पारिवारिक जीवन सुखी बनाउन एकअर्कालाई माया गर्नुपर्छ। एफिसी ५:३३

विवाह एक जना पुरुष र एक जना स्त्रीबीच हुनुपर्छ भनेर यहोवा परमेश्‍वरले तोक्नुभएको छ।

मायालु पति आफ्नी पत्नीसित कोमल व्यवहार गर्छन्‌ र तिनी समझदार पनि हुन्छन्‌।

पत्नीले पनि आफ्नो पतिलाई साथ दिनुपर्छ।

छोराछोरीले आमाबुबाले भनेको मान्‍नुपर्छ।

दयालु र वफादार हुनुहोस्‌, निर्दयी र विश्‍वासघाती होइन। कलस्सी ३:५, ८-१०

पतिले पत्नीलाई आफ्नै शरीरलाई जस्तै माया गर्नुपर्छ र पत्नीले पनि पतिको गहिरो आदर गर्नुपर्छ भनेर परमेश्‍वरको वचनमा बताइएको छ।

आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु गलत हो। बहुविवाह गर्नु पनि गलत हो।

पारिवारिक जीवनलाई कसरी सुखी बनाउन सकिन्छ भनेर परमेश्‍वरको वचनमा सिकाइएको छ।