भाग ५

महा-जलप्रलय​​—⁠कसले सुने अनि कसले सुनेनन्‌?

महा-जलप्रलय​​—⁠कसले सुने अनि कसले सुनेनन्‌?

नुहको समयका धेरैजसो मानिसले खराब काम गरे। उत्पत्ति ६:५

आदम र हव्वाले छोराछोरी जन्माए र पृथ्वी मानिसहरूले भरिन थाल्यो। पछि केही स्वर्गदूतले सैतानसँगै लागेर यहोवा परमेश्‍वरको विरोध गरे।

तिनीहरू पृथ्वीमा आए र स्त्रीहरूसित विवाह गर्न पुरुषको रूप लिए। ती स्त्रीहरूले छोराहरू जन्माए। ती छोराहरू अजङ्‌गका, बलिया र निष्ठुर थिए।

संसार खराब काम गर्ने मानिसहरूले भरियो। बाइबल भन्छ: ‘पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भए र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहन्थे।’

नुहले परमेश्‍वरको कुरा सुने र एउटा जहाज बनाए। उत्पत्ति ६:१३, १४, १८, १९, २२

नुह असल मान्छे थिए। महा-जलप्रलय ल्याएर दुष्टहरूलाई नाश गर्नेछु भनेर यहोवा परमेश्‍वरले नुहलाई बताउनुभयो।

परमेश्‍वरले नुहलाई बडेमाको जहाज बनाउन लगाउनुभयो। त्यो जहाजमा नुहले उनको परिवार र सबै किसिमका पशुपक्षी राख्नुपर्ने थियो।

जलप्रलय आउँदै छ भनेर नुहले मानिसहरूलाई चेतावनी दिए तर तिनीहरूले सुन्दै सुनेनन्‌। कसै-कसैले त नुहलाई हाँसोमा उडाए, अरू कतिले चाहिँ छिःछिः दूरदूर गरे।

जहाज बनाइसकेपछि नुहले पशुपक्षी जहाजभित्र हुले।