भाग ७

येसु को हुनुहुन्थ्यो?

येसु को हुनुहुन्थ्यो?

यहोवा परमेश्‍वरले येसुलाई पृथ्वीमा पठाउनुभयो। १ युहन्‍ना ४:९

यहोवा परमेश्‍वरलाई खुसी पार्न चाहन्छौँ भने हामीले अर्को एक जना व्यक्‍तिको पनि कुरा सुन्‍नुपर्छ। आदमलाई बनाउनुभन्दा धेरैअघि यहोवा परमेश्‍वरले स्वर्गमा एक जना शक्‍तिशाली स्वर्गदूत बनाउनुभयो।

केही समयपछि यहोवा परमेश्‍वरले ती स्वर्गदूतलाई मरियम नाम गरेकी कन्याको कोखमा सारिदिनुभयो र तिनी बेतलेहेममा जन्मिए। बालकको नाम येसु राखियो।—युहन्‍ना ६:३८.

येसुले परमेश्‍वरका गुणहरू दुरुस्त झल्काउनुभयो। येसु दयालु र मायालु हुनुहुन्थ्यो अनि उहाँसित कुरा गर्न सजिलो थियो। उहाँले नडराईकन मानिसहरूलाई यहोवा परमेश्‍वरबारे सत्य कुरा सिकाउनुभयो।

येसुले असल काम गर्नुभयो तैपनि मानिसहरूले उहाँलाई मन पराएनन्‌। १ पत्रुस २:२१-२४

साथै उहाँले बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई फेरि जीवित पार्नुभयो।

त्यतिबेलाका धर्मगुरुहरूले येसुलाई फिटिक्कै मन पराएनन्‌ किनभने तिनीहरूका झूटा कुरा र दुष्ट काम उहाँले उदाङ्‌ग पारिदिनुभयो।

येसुलाई कुटपिट गर्न र मार्न धर्मगुरुहरूले रोमीहरूलाई मनाए।